काठमाडौँ १५ जेष्ठ २०८३ । आज नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज संघीय संसद्मा प्रस्तुत गरिने भएको छ। बजेट प्रस्तुत गर्नुअघि राष्ट्रिय योजना आयोगको पूर्ण बैठक तथा मन्त्रिपरिषद्को बैठक बस्ने कार्यसूची रहेको छ।
प्रधानमन्त्री बालन शाहको अध्यक्षतामा दिउँसो १ बजे राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बस्नेछ। उक्त बैठकले बजेटको आकार, प्राथमिकता तथा कार्यक्रमलाई अन्तिम रूप दिने जनाइएको छ। योजना आयोगबाट स्वीकृत भएपछि बजेट अन्तिम अनुमोदनका लागि मन्त्रिपरिषद् बैठकमा पेस गरिनेछ।

मन्त्रिपरिषद्बाट अनुमोदन भएपछि आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिने संवैधानिक व्यवस्था रहेको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले ले अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते, अर्थात् गणतन्त्र दिवसका दिन सरकारले आगामी आर्थिक वर्षको बजेट संसद्मा पेस गर्नुपर्ने व्यवस्था रहेको छ।
यस वर्षको बजेटमा मुलुकको आर्थिक सुधार, चालु आयोजनाको निरन्तरता, रोजगारी सिर्जना, पूर्वाधार विकास तथा नयाँ योजनालाई प्राथमिकता दिइने अपेक्षा गरिएको छ। बजेटप्रति आम नागरिक, निजी क्षेत्र तथा विभिन्न सरोकारवालाको विशेष चासो रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *