जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

मनाेरंजन समाचार

कैलालीमा “कैलाली डान्स स्टार २०८३” आयोजना हुँदै

कैलाली ४ जेष्ठ// कैलाली जिल्लामा “कैलाली डान्स स्टार २०८३” आयोजना हुने भएको छ । आयोजक संस्था रोयल डान्स स्टुडियो ले सोमबार घोडाघोडी नगरपालिका–१ सुखडमा पत्रकार सम्मेलन गर्दै यही जेठ २३ गतेदेखि प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो ।जिल्लाका विभिन्न ठाउँमा लुकेर रहेका नृत्य प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा रोयल डान्स स्टुडियोका सञ्चालक प्रलव बुढाथोकी ले गाउँघरमा रहेका प्रतिभावान युवायुवतीलाई उचित मञ्च प्रदान गर्न कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।उनले किशोर–किशोरीलाई लागुऔषध दुर्व्यसन तथा विभिन्न सामाजिक अपराधबाट टाढा राख्ने उद्देश्यले पनि यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गरे ।

“डान्सले शरीरलाई स्वस्थ राख्नुका साथै समाजमा अनुशासित भएर बाँच्न पनि सिकाउँछ,” उनले भने ।यसअघि घोडाघोडी नगरस्तरीय डान्स च्याम्पियनको पहिलो र दोस्रो सिजन सफलतापूर्वक सम्पन्न भएपछि थप व्यापक रूपमा “कैलाली डान्स स्टार २०८३” आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।प्रतियोगिताको अडिसन कैलालीका धनगढी, अत्तरिया, चौमाला, बडैपुर, सुखड, बौनिया, लम्की, टिकापुर तथा भजनीमा सञ्चालन गरिने जनाइएको छ ।

प्रतियोगितामा प्रथम हुने प्रतियोगीलाई १ लाख १ हजार ११ रुपैयाँ, द्वितीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ तथा तृतीयलाई ३५ हजार ५ सय ११ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *