कैलाली, २२ बैशाख । कैलाली क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य जगतप्रसाद जोशी यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा जनताका समस्या प्रत्यक्ष रूपमा बुझ्न स्थलगत अनुगमनमा सक्रिय देखिएका छन्। सांसद जोशीले घोडाघोडी नगरपालिका का विभिन्न वडाहरूमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको गुनासो र आवश्यकताहरू सुन्दै आएका छन्।

सोही क्रममा वडा नम्बर ६ र ८ मा रहेका विद्यालय, सडक, खानेपानी, सिँचाइ, कृषि तथा तटबन्धन र पुल निर्माणसँग सम्बन्धित समस्याहरूको स्थलगत निरीक्षण गरिएको हो।स्थानीय बासिन्दाहरूले वर्षौंदेखि भोग्दै आएका आधारभूत पूर्वाधारका समस्याहरूबारे जानकारी गराउँदै समाधानको माग गरेका थिए।

नागरिकको गुनासो सुनेपछि सांसद जोशीले ती समस्याहरूलाई प्राथमिकतामा राखी सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।उनले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन स्थानीय तहसँग सहकार्य गर्दै योजनाहरू अघि बढाइने बताए। साथै, आवश्यक बजेट विनियोजनका लागि संघीय सरकारमा पहल गर्ने समेत उनको भनाइ थियो।
सांसद जोशीले संसद् बैठक नभएको समयमा आफू सधैं जनतामाझ रहने र उनीहरूको समस्या समाधानका लागि निरन्तर लागिरहने प्रतिबद्धता दोहोर्याएका छन्।स्थानीयवासीहरूले जनप्रतिनिधि स्वयं गाउँमा पुगेर समस्या सुन्ने कार्यलाई सकारात्मक रूपमा लिँदै यसले विकासमा गति आउने अपेक्षा व्यक्त गरेका
