जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

समाचार

कैलालीका चार स्थानीय तहमा विपद् उद्धार सामग्री वितरण

कैलाली ५ बैशाख २०८३ // कैलाली जिल्लाका चार स्थानीय तहका विपद् व्यवस्थापन कार्यदललाई बाढी तथा अन्य विपद्का बेला खोज, उद्धार र राहत कार्यमा प्रयोग हुने सामग्री हस्तान्तरण गरिएको छ। दिगो विकास समाज भजनी र World Vision International Nepal को साझेदारीमा सञ्चालित “बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो” परियोजनामार्फत उक्त सामग्री उपलब्ध गराइएको हो। घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका भित्रका ९ वटा विपद् व्यवस्थापन समितिलाई सामग्री हस्तान्तरण गरिएको दिगो विकास समाज भजनीका बजार संयोजक विनोद शाहले जानकारी दिए।

प्रत्येक समितिलाई करिब ४० हजार ९ सय ७७ रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको छ।यससँगै घोडाघोडी नगरपालिकास्थित स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई पनि आवश्यक विपद् सामग्री हस्तान्तरण गरिएको छ। समग्रमा करिब ३ लाख ६० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको जनाइएको छ।कार्यक्रममा परियोजनाको उद्देश्यबारे जानकारी दिँदै संयोजक शाहले विपद्का बेला छिटो र प्रभावकारी उद्धारमा सहयोग पुर्‍याउने लक्ष्य रहेको बताए।

घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले समितिका प्रतिनिधिहरुलाई सामग्री हस्तान्तरण गर्दै यस्तो सहयोगले विपद् व्यवस्थापनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे।यसअघि परियोजनाले विपद् व्यवस्थापन कार्यदलका सदस्यहरूलाई तीन दिने क्षमता विकास तालिम पनि प्रदान गरेको थियो।

कार्यक्रममा दिगो विकास समाज भजनीकी महिला आर्थिक सशक्तीकरण अधिकृत प्रगति पौडेल, सामाजिक परिचालक छेदु चौधरी र सविता चौधरी लगायतको उपस्थिति रहेको थियो।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *