जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

समाचार

महिलाको सुरक्षाका लागि ‘ब्लु बस’ योजना, १०० दिनभित्र २५ बस सञ्चालन गर्ने लक्ष्य

काठमाडौं १४ चैत — सरकारले महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यले ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने योजना अघि सारेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको १०० दिने कार्यसूचीमा यो योजना समावेश गरिएको हो।सरकारको योजना अनुसार सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गरिनेछ।

पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य तय गरिएको छ।महिलामाथि सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा न्यूनीकरण गर्न सरकारले थप सुरक्षा उपायहरू पनि अघि सारेको छ।

जसअन्तर्गत सबै सार्वजनिक सवारीसाधनमा सीसी क्यामेरा जडान गर्ने योजना छ । त्यस्तै, राइड सेयरिङ सेवाहरूलाई समेत सुरक्षित बनाउने उद्देश्यले सम्बन्धित एपहरूमा एसओएस बटन अनिवार्य गरिनेछ। यस व्यवस्थाबाट आकस्मिक वा जोखिमपूर्ण अवस्थाको सूचना तुरुन्तै प्रहरीसम्म पुग्ने अपेक्षा गरिएको छ।सरकारले यी सबै व्यवस्था ३० दिनभित्र कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको जनाएको छ।यो योजना कार्यान्वयनमा आएपछि महिलाहरूको यात्रा थप सुरक्षित, सहज र विश्वासिलो बन्ने अपेक्षा गरिएको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *