जोशीपुर, १४ चैत २०८२ जोशीपुर गाउँपालिका वडा नं. १ मा महिला हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जोशीपुर जेसिज वर्ष २०२६ का अध्यक्ष जीवनलाल डगौराको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा

प्रमुख अतिथिका रूपमा जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखादेवी कठरिया उपस्थित रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख कल्पना मिश्र, जानकी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष उमा महतो लगायत अन्य अतिथि तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।कार्यक्रम

सञ्चालन जेसिज वर्ष २०२६ का महासचिव सन्तोष विकले गर्नुभएको थियो।अभिमुखीकरण कार्यक्रममा महिलामाथि हुने विभिन्न प्रकारका हिंसात्मक गतिविधि नियन्त्रणका लागि जनचेतना फैलाउने उद्देश्यले छलफल गरिएको थियो। सहभागीहरूले परम्परागत रूढीवादी सोच र संस्कारका कारण महिलामाथि हुने हिंसालाई समाजबाट पूर्ण रूपमा अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए।साथै

महिलालाई संवैधानिक रूपमा प्राप्त अधिकारबारे सचेत गराउँदै पुरुषसरह समान अधिकार सुनिश्चित गर्नुपर्ने विषयमा विशेष चर्चा गरिएको थियो।कार्यक्रममा प्रमुख प्रशिक्षक कल्पना मिश्र र पूजा चौधरीले महिला हिंसा सम्बन्धी विषयमा जानकारीमूलक प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षणका क्रममा महिला हिंसाका कारण, प्रभाव तथा न्यूनीकरणका उपायहरूबारे विस्तृत रूपमा प्रकाश पारिएको थियो। राष्ट्रिय महिला आयोगका अनुसार पछिल्लो ६ वर्षमा ७ हजार ३४४ भन्दा बढी महिला हिंसा सम्बन्धी उजुरी दर्ता भएका छन्। नेपालमा परम्परा, धर्म, संस्कृति तथा रीतिरिवाजका कारण महिलाहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हिंसामा पर्ने गरेको तथ्य प्रस्तुत गरिएको थियो।

विशेषगरी थारु समुदायमा देखिने केही परम्परागत प्रथाहरू, जस्तै विवाहअघि सम्बन्ध राख्ने र पछि सम्बन्ध विच्छेद हुने जस्ता घटनाले महिलालाई थप जोखिममा पार्ने विषयमा समेत छलफल भएको थियो।कार्यक्रममा महिला हिंसाका प्रमुख कारणका रूपमा अन्धविश्वास, मदिरा सेवन, गरिबी, बालविवाह तथा जनचेतनाको अभावलाई औंल्याइएको थियो।साथै, कुनै पनि महिलामाथि हिंसा भएको जानकारी पाएमा सम्बन्धित निकायमा तत्काल सम्पर्क गर्न सहभागीहरूलाई आग्रह गरिएको थियो।कार्यक्रमका सभाध्यक्ष जीवनलाल डगौराले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि यस्ता जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउँदै जेसिजको सहकार्य र गाउँपालिकाको समन्वयमा कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

जोशीपुर गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको सहकार्य र जोशीपुर जेसिजको आयोजनामा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *