काठमाडौं, १३ चैत्र २०८२ // बालेन्द्र शाह ले नेपालको प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

शीतल निवासमा आयोजित विशेष समारोहमा रामचन्द्र पौडेल ले शाहसहित उनको मन्त्रिपरिषद्का सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन्। प्रधानमन्त्री शाहसँगै नयाँ मन्त्रिमण्डल पनि गठन भएको छ। विभिन्न मन्त्रालयको जिम्मेवारी रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) का नेताहरूलाई दिइएको छ।

मन्त्रिपरिषद् यस्तो छ नयाँ सरकारमा निम्नअनुसार मन्त्रीहरू नियुक्त भएका छन्:

प्रधानमन्त्री – बालेन्द्र शाह

गृह मन्त्रालय — सुधन गुरुङअर्थ मन्त्रालय — स्वर्णिम वाग्लेपरराष्ट्र मन्त्रालय — शिशिर खनालसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन — खडकराज पौडेलश्रम मन्त्रालय — दीपक साहशिक्षा तथा प्रविधि — सस्मित पोखरेलसूचना तथा सञ्चार — बिक्रम तिमिल्सिनासामान्य प्रशासन — प्रतिभा रावलऊर्जा, जलस्रोत तथा सिँचाइ — विराजभक्त श्रेष्ठकृषि तथा सहकारी — गीता चौधरीकानुन, न्याय तथा संसदीय मामिला — सोविता गौतममहिला, बालबालिका तथा ज्येष्ठ नागरिक — सीता बादीभौतिक पूर्वाधार तथा सहरी विकास — सुनील लम्सालराजनीतिक सन्देशनयाँ सरकार गठनसँगै युवा नेतृत्व, प्राविधिक दक्षता र नयाँ सोचको प्रतिनिधित्व भएको दाबी गरिएको छ।

विशेषगरी अर्थ, परराष्ट्र र गृहजस्ता महत्वपूर्ण मन्त्रालयमा अनुभवी तथा चर्चित व्यक्तिहरूलाई जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री शाहको नेतृत्वमा बनेको यो सरकारलाई “परिवर्तनको सरकार” का रूपमा हेरिएको छ भने यसको प्रभावकारिता आगामी दिनमा परीक्षण हुने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *