घोडाघोडी १२ चैत्र- कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–३ भोजपुरस्थित भोजपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ कार्यसमिति चयन गरिएको छ।बुधबार

सम्पन्न भेलाले गणेशबहादुर डंगौराको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। समितिको उपाध्यक्षमा वीरबहादुर बिक, सचिवमा अर्जुन बिक र कोषाध्यक्षमा लक्ष्मीदेवी पनाडी रहेका छन्। सदस्यहरूमा नवीन चौधरी, धनसिंह कार्की, खगु थारु, अमरबहादुर चौधरी र सीताकुमारी चौधरी चयन भएका छन् ।

करिब ४३० उपभोक्ता आबद्ध रहेको समितिले लामो समयपछि नयाँ नेतृत्व पाएको हो। नयाँ कार्यसमितिले खानेपानी सेवा व्यवस्थापन र सरसफाइ सुधारमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *