काठमाडौं ५ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले अछामको ढकारी गाउँपालिकामा चलचित्र निर्माणका नाममा बजेट दुरुपयोग गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार गाउँपालिकाले राजेश हमाल को निर्देशनमा ‘अन्धपथ’ नामक चलचित्र निर्माण गर्ने भन्दै नियमविपरीत १५ लाख रुपैयाँको सम्झौता गरेको थियो। उक्त रकममध्ये करिब १२ लाख ७५ हजार रुपैयाँ भुक्तानी दिइएको पाइएको छ।मुद्दामा ढकारी गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण शाह र लेखापाल विमल साउद प्रतिवादी रहेका छन्।
साथै चलचित्र निर्माणको जिम्मा पाएको आरजे ट्वान्टी फोर न्यूज तथा नव इन्द्रेणी फाउण्डेशन काठमाडौंका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) लाई पनि प्रतिवादी बनाइएको छ।आयोगले चारै जनाविरुद्ध जनही १२ लाख ७७ हजार २५० रुपैयाँ बिगो मागदाबी गरेको जनाएको छ।
अभियोगपत्र अनुसार कानुनी व्यवस्था विपरीत २० प्रतिशत मात्र पेस्की दिन मिल्ने भए पनि ५८ प्रतिशतसम्म पेस्की दिइएको, साथै चलचित्र निर्माणका लागि घर भाडा लगायत विभिन्न खर्च शीर्षकमा नक्कली तथा झुट्टा बिल पेश गरी भुक्तानी लिइएको आरोप छ।त्यस्तै, हिउँदे अधिवेशनमार्फत कार्यक्रम संशोधन र रकमान्तर गरी मिलेमतोमा रकम हिनामिना गरिएको पनि आयोगको दाबी
