जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

समाचार

कैलालीमा रुखबाट खसेर ४७ वर्षीय पुरुषको मृत्यु

घोडाघोडी १२ फाल्गुन // कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–८ मैनापोखरीका ४७ वर्षीय अनिलबहादुर तारामी मगरको रुखबाट खसेर ज्यान गएको छ।


फागुन ११ गते कुसुमघाट जंगलमा बाख्रा चराउन गएका बेला साजको रुखमा चढेर घाँस काट्ने क्रममा करिब ४० मिटर माथिबाट खसेर उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले जनाएका छन्।
खस्दा उनको शरीरको बायाँ भागमा गम्भीर चोट लागेको बताइएको छ।


मृतक अनिलबहादुर तारामी मगर आमा मनकला तारामी मगरका छोरा, बसन्तीदेवी तारामी मगरका श्रीमान तथा दानबहादुर तारामीका बुबा हुन्।
उनीसँगै बाख्रा चराउन गएका जसबहादुर सिजापति घटनाका प्रत्यक्षदर्शी रहेको बताइएको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *