जेशिपुर, २४ पुस २०८२
जेशिपुर जेसिजको ११ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम–२०२६ अध्यक्ष भुमी सागर सुनारको सभाध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी, विशिष्ट अतिथि जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरी, वडा नं. ३ का अध्यक्षसहित स्थानीय जनप्रतिनिधि, जेसिजका निवर्तमान अध्यक्षहरू, नेपाल जेसिजका केन्द्रीय सदस्य, विद्यार्थी, पत्रकार तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सभामा सभाध्यक्ष भुमी सागर सुनारले २०२६ का लागि निर्वाचित अध्यक्ष जीवनलाल डगौरालाई पदभार हस्तान्तरण गरी शपथग्रहण गराएका थिए। उनले नयाँ नेतृत्वलाई धन्यवाद दिँदै युवा शक्ति, सकारात्मक सोच र नेतृत्व विकासको आवश्यकता औंल्याए।

कार्यक्रममा प्रमुख अतिथि कैलाश चौधरीले आजको पुस्ताले सामाजिक सञ्जालको चमकभन्दा पनि समाजिक विकास, सकारात्मक सोच र राष्ट्र निर्माणमा जोड दिनुपर्नेमा बल दिए। “फेसबुकका फलोअर्सका आधारमा मूल्यांकन गर्नु उपयुक्त होइन, युवाले क्षमता, चरित्र र योगदानमार्फत पहिचान स्थापित गर्नुपर्छ,” उनले भने।

जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीले युवाको क्षमता र नेतृत्व विकासमा पालिका सदैव सकारात्मक रहने बताएका थिए। नेपाल जेसिजका केन्द्रीय प्रतिनिधिहरूले जेसिजमार्फत युवाहरूमा शिक्षा, तालिम तथा अवसर प्रदान गर्दै देश विकासमा योगदान पुर्‍याउनुपर्नेमा जोड दिएका हुन ।

नव–निर्वाचित अध्यक्ष जीवनलाल डगौराले आफ्नो कार्यकालमा संस्थाको हित र युवाहरूमा सहकार्यको वातावरण निर्माण गर्दै जेसिजलाई थप उचाइमा पुर्‍याउने दृढता व्यक्त गरे। “जेसिजको नेतृत्वमा रहदा पुर्ण जिम्मेवारीसहित दिलोज्यानले निर्वाह गर्नेछु,” भनी उनले घोषणा गरेका थिए ।

कार्यक्रममा मेहनती पत्रकार खेमराज जोशी र गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो। साथै सहभागीलाइ मायाको चिनो प्रदान गर्दै अध्यक्ष सुनारले कदर गरे।

समापन कार्यक्रममा उपस्थित अतिथिहरूले आफ्ना अनुभव र शुभकामना व्यक्त गर्दै नवगठित टिमलाई सफल कार्यकालका लागि शुभकाना तथा बधाइ दिए थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *