मोहन्याल, २४ पुस | गाउँपालिकाले ‘अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता–२०८२’ आयोजनासम्बन्धी सूचना सार्वजनिक गरेको छ।
गाउँपालिकाको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिता आगामी २०८२ पुष २६ देखि २८ गतेसम्म श्री महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा हुने जनाइएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोली तथा क्लबहरूले १६ वर्ष पूरा भई ४५ वर्ष ननाघेका खेलाडी समावेश गरी आवश्यक कागजातसहित मिति २०८२ माघ २४ गतेभित्र गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन दर्ता गराउनु पर्ने सूचनामा उल्लेख छ।
प्रतियोगिताका लागि तय गरिएको पुरस्कार रकम यसप्रकार छन्–
- पहिलो स्थान: नगद रु ७५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र
- दोस्रो स्थान: नगद रु ५५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र
- तेस्रो स्थान: नगद रु ३५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र
मोहन्याल गाउँपालिकाले युवाको सहभागिता र खेलकूद प्रवर्द्धनलाई लक्ष्य राखी प्रतियोगिता आयोजना गरिएको जनाएको छ।


