जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

समाचार

मोहन्याल–१ मा आगलागी पीडित परिवारलाई गाउँपालिका अध्यक्षद्वारा राहत सहयोग

मोहन्याल–२४ पुष ।। कैलालीको मोहन्याल गाउँपालिका वडा नं. १ जाडेपानीमा आगलागीबाट पीडित बनेको मान बहादुर विककाे परिवारलाई मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले राहत सहयोग गर्नुभएको छ।


वडा नं. १ निवासी मानबहादुर बिकको घरमा भएको आगलागीबाट घर तथा घरभित्र रहेका सामान जलेर नष्ट भएपछि गाउँपालिका अध्यक्ष उपाध्याय आफैं घटनास्थलमा पुगेर पीडित परिवारलाई अत्यावश्यक राहत सामग्री हस्तान्तरण गर्नुभएको हो।


अध्यक्ष उपाध्यायले तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्री सहयोग गर्दै पीडित परिवारको दुःखमा गाउँपालिका साथमा रहेको बताउनुभयो। साथै उहाँले बाँकी आवश्यक सहयोगका लागि गाउँपालिकाबाट थप राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।
आगलागी कसरी र किन भयो भन्ने विषयमा समेत थप अनुसन्धान गरिने उहाँले बताउनुभयो।
स्थानीय सरकारबाट समयमै प्राप्त सहयोगले पीडित परिवारलाई केही राहत पुगेको स्थानीयवासीले बताएका छन्

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *