कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–६, मोया स्थित भैरब महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ।

प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–६ चरीडाँडा निवासी करिब ३८/४० वर्षीय कृष्ण चौधरी च्याउ टिप्न सामुदायिक वनमा गएका थिए। च्याउ टिप्ने क्रममा उनलाई बाघले आक्रमण गरेको बताइएको छ।

घटनाबारे मिति २०८३ असोज १६ गते बिहान ८ः०५ बजे इलाका प्रहरी कार्यालय चौमालामा जानकारी प्राप्त भएको थियो। जानकारी प्राप्त भएलगत्तै प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

प्रहरी टोली बिहान ८ः४५ बजे घटनास्थलमा पुगेको थियो। घटनास्थल इलाका प्रहरी कार्यालय चौमालाबाट करिब १३ किलोमिटर पश्चिम–दक्षिण तर्फ रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

तपाइलाइ याे समाचार पढेर कस्ताे लाग्याे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *