कैलाली ८ जेठ, । टीकापुरमा तालिमरत सशस्त्र प्रहरी बलका सात जना जवान शुक्रबार बिहान दौड्ने क्रममा एक्कासी बेहोस् भएका छन्।

प्रहरीका अनुसार बिहान करिब ७ः४५ बजेतिर टीकापुर क्षेत्रमा नियमित शारीरिक तालिम अन्तर्गत दौडिरहेका बेला उनीहरू बेहोस् भएका हुन्। बेहोस् भएका जवानहरुलाई तत्काल उद्धार गरी टीकापुर अस्पताल को आकस्मिक विभागमा लगेर उपचार गरिएको थियो।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगी ले बेहोस् भएका जवानहरुको प्रारम्भिक उपचार टीकापुर अस्पतालमा गरिएको जानकारी दिए। अस्पताल स्रोतका अनुसार आवश्यकताअनुसार अक्सिजन तथा भेन्टिलेटर सेवा प्रदान गरिएको थियो।

स्वास्थ्य अवस्था थप जटिल हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत हुँदै काठमाडौं लगिएको प्रहरीले जनाएको छ।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *