जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

समाचार

घोडाघोडीमा अवैध १ टिप्पर, ४ ट्राली खयर जातकाे काठ बरामद, वन कार्यालयको विशेष गस्ती सक्रिय

घोडाघोडी ६ जेष्ठ / कैलाली जिल्लाकाे घोडाघोडी नगरपालिका वडा नम्बर २ जोकाहा गाउँको पूर्वी क्षेत्रमा पर्ने सुक्तिकाडा खोलाबाट खयर जातको अवैध काठ बरामद गरिएको छ। सव डिभिजन वन कार्यालय साँडेपानीको विशेष निगरानी तथा डिभिजन वन कार्यालय पहलमानपुरका जमदार पुष्पराज भट्टको नेतृत्वमा खटिएको विशेष गस्ती टोलीले बुधबार बिहान करिब ५ बजे स्थलगत अनुगमनका क्रममा फेला परेकाे थियाे । उक्त बरामत काठ १ टिपर र ४ वटा ट्याक्टरमा लोड गरि खयर जातको काठ सव डिभिजन वन कार्यालय साडेपानीमा राखीएकाे छ ।

स्थानीयका अनुसार पहिचान नखुलेको एउटा ट्रक चौड्याल विद्यालयको उत्तरतर्फ रहेको चितलपुरको चउर क्षेत्रमा पार्किङ अवस्थामा देखिएको थियो। र उक्त ट्रककाे सुक्ष्म निगरानी राखीएकाे थियाे, त्यसकारण तस्करी हुनबाट बचेकाे र काठ बरामत गरी ल्याइएकाे जानकारी सब डिभिजन कार्यालय साडेपानीले दिएकाे । अझ राेचक कुरा भनेकाे काठकाे गाेलीयाम अवैधरूपमा टाचा नम्बर हानेकाे छ ।

यस्ताे कार्य हुनुकाे कारण तस्करीहरूले मिलेमताेमा गरीएकाे हाे की भन्ने प्रश्नकाे आशंका उब्जीएकाे छ । साधारण व्यक्तीले त यस्ताे हिम्मत गर्न नसक्ने अवस्था हाे नत्र यती ठुलाे परीणाममा रहेकाे काठ कसरी तस्तकरी गरीदै थियाे ?

सव डिभिजन वन कार्यालय साँडेपानीका कार्यालय प्रमुख शेरबहादुर भण्डारीले आफू बिदामा रहेको जानकारी दिँदै बरामद गरिएको काठबारे कानुनी प्रक्रिया अनुसार अनुसन्धान अघि बढाइने र संलग्न दोषीमाथि आवश्यक कारबाही गरिने बताएका छन्।

वन क्षेत्रबाट अवैध रूपमा काठ ओसारपसार भइरहेको सूचनापछि वन कार्यालयले निगरानी बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको वन कार्यालयले जानकारी दिएको छ।

याे समाचार पढेर तपाइलाइ कस्ताे लाग्याे ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *