जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

समाचार

घाेडाघाेडीमा पूर्ण अपाङ्गता तथा अति असक्त नागरिकलाई राहात वितरण

घाेडाघाेडी २९ बैशाख २०८३ / कैलाली जिल्लाकाे घोडाघोडी नगरपालिका वडा नं. ६ को आयोजनामा पूर्ण अपाङ्गता तथा अति असक्त अपाङ्गता भएका २८ जना नागरिकलाई कम्बल, डस्ना र झुल वितरण गरिएको छ।

वडा अध्यक्ष धनबहादुर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लक्षित वर्गका नागरिकलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा वडा सदस्य जीवन रसाइली, श्री सरस्वती आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण विक, अस्थायी प्रहरी पोस्ट प्रतिखेतका प्रमुख तथा स्थानीय बुद्धिजीवीहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले अपाङ्गता भएका नागरिकहरूको जीवन सहज बनाउन स्थानीय तहले यस्ता सामाजिक तथा मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका थिए।

वडा कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत लक्षित वर्गका नागरिकको आवश्यकता पहिचान गरी सहयोग सामग्री वितरण गरिएको जनाएको छ।

तपाइलाइ याे समाचार पढेर कस्ताे लाग्याे ?

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *