काठमाडौं / २८ वैशाख — राष्ट्रिय परीक्षा बोर्डले २०८२ साल चैत महिनामा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
बोर्डका अनुसार एसईई परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिएको थियो । यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएकाले परीक्षा सम्पन्न भएको ३० दिनभित्रै नतिजा सार्वजनिक गरिएको जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थी तथा अभिभावकलाई आधिकारिक वेबसाइट, एसएमएस तथा विभिन्न माध्यमबाट नतिजा हेर्न अनुरोध गरेको छ ।
यी वेभसाईटहरुबाट हेर्न सकिन्छ नतिजा

- www.see.edusanjal.com
- https://khalti.com/app
- see.collegeinfonepal.com
- https://theconnectplus.com
- https://ncellapp.ncell.com.np/result
- result.neemaacademy.com
- resultayo.com
- see.ambition.guru

