जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

खेलकुद

लोकेश बमको साहसिक इनिङ्स पनि पर्याप्त भएन, इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित

लोकेश बमको साहसिक इनिङ्स पनि पर्याप्त भएन, इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित

मुम्बई २५ मा। लोकेश बमको साहसिक ब्याटिङका बाबजुद नेपाल ट्वान्टी–२० विश्वकपमा आइतबार इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ। १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनमात्र जोड्न सक्यो।

मुम्बईको वानखडे रंगशालामा भएको खेलमा नेपाल अन्तिम बलसम्म इंग्ल्यान्डसँग प्रतिस्पर्धामा रह्यो। रंगशालामा उपस्थित करिब १७ हजार दर्शकमध्ये अधिकांश नेपाली समर्थक थिए, जसले खेलभर नेपाललाई उत्साहजनक समर्थन जनाएका थिए।

नेपालको तर्फबाट लोकेश बमले २० बलमा ३९ रनको उत्कृष्ट इनिङ्स खेले। उनले ४ चौका र २ छक्का प्रहार गरे पनि अन्तिम दुई बलमा बाउन्ड्री प्रहार गर्न नसक्दा नेपाल टेस्ट राष्ट्रविरुद्ध ऐतिहासिक जितको नजिक पुगेर रोकियो।

अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक हुँदा नेपालले ५ रनमात्र बनाउन सक्यो, जसका कारण इंग्ल्यान्ड ४ रनको रोमाञ्चक जित निकाल्न सफल भयो।

यसअघि कुशल भुर्तेल र आसिफ शेखले आक्रामक सुरुआत दिलाएका थिए। दुवैले पहिलो ४ ओभरभित्र ३७ रन जोड्दै राम्रो आधार तयार पारे। आसिफ शेख ९ बलमा ७ रन बनाएर आउट भए भने कुशल भुर्तेलले १७ बलमा २९ रन जोड्दै ४ चौका र १ छक्का प्रहार गरे।

नेपालको साहसिक प्रदर्शनले विश्वकपमा नेपालको प्रतिस्पर्धात्मक क्षमता पुनः प्रमाणित गरेको छ, यद्यपि नतिजा नेपालका पक्षमा आउन सकेन।


प्रतिक्रिया दिनुहाेला धन्यबाद ।।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *