CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 60

कैलाली ३१ असोज २०८३/ । कैलालीको घोडाघोडी नगरपालिका–१ मा सन साइन युवा क्लबको आयोजनामा प्रथम तिलक स्मृति कप ६ ए साइड खुला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।

‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने राष्ट्रिय नारासहित स्थानीय युवालाई खेलकुद क्षेत्रमा सहभागी गराउने, युवाको प्रतिभा पहिचान गर्ने तथा खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगिताका लागि टिम दर्ता असोज ३१ गतेदेखि कात्तिक १३ गतेसम्म खुला रहनेछ भने कात्तिक १५ गतेदेखि २१ गतेसम्म खेल सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले सन साइन युवा क्लबसँग सम्पर्क गर्न सक्नेछन्।

टिम दर्ता शुल्क २ हजार ५ सय ५५ रुपैयाँ तोकिएको छ।प्रतियोगितामा प्रथम हुने टिमले नगद ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २२ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।प्रतियोगिता घोडाघोडी नगरपालिका–१ स्थित जंगल रिसोर्टबाट करिब दुई किलोमिटर उत्तरतर्फ रहेको क्लबको आफ्नै खेलमैदानमा सञ्चालन हुनेछ।

प्रतियोगितालाई व्यवस्थित रूपमा सम्पन्न गर्न खेलमैदान सरसफाइ तथा लाइनिङ गर्ने काम भइरहेको आयोजकले जानकारी दिएको छ।प्रतियोगितामा सहभागी हुन तथा थप जानकारी लिन सन साइन युवा क्लबका अध्यक्ष कृष्ण शाही, म्यानेजर जीवन शाही, सुरज मल्ल र सुरेश शाहीसँग सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।

स्थानीय युवालाई खेलकुदप्रति आकर्षित गर्दै खेल प्रतिभाको विकास र स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउने विश्वासका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *