जनहित खबरजनहित खबर

टिकापुर महोत्सव २०८२ भव्य उद्घाटन, स्थानीय उद्योग–पर्यटन प्रवर्द्धनमा जोड

टीकापुर, २९ पुस । कैलालीको टिकापुरमा आयोजित टिकापुर महोत्सव २०८२ आज भव्यरूपमा उद्घाटन गरिएको छ। टिकापुर उद्योग वाणिज्य संघकाे आयोजनामा सुरु भएको महोत्सवले स्थानीय उद्योग, व्यापार विस्तार तथा पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान गर्ने अपेक्षा गरिएको छ।

महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गर्नुभयो। उद्घाटन समारोह टिकापुर उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा सम्पन्न भयो। उक्त कार्यक्रममा संघका उपाध्यक्ष दिपेन्द्र रावलले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने, कार्यत्रफम सञ्चालन प्रकाश तिमल्सिना र शोभा त्रिपाठीले संयुक्त रूपमा गर्नुभयो थियाे ।

आयोजकका अनुसार महोत्सव पुस २९ गते देखि माघ ११ गतेसम्म निरन्तर सञ्चालन हुनेछ। कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिने जनाइएको छ।

समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले टिकापुर क्षेत्र प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले सम्पन्न रहेको उल्लेख गरे। उहाँले महोत्सवले स्थानीय उत्पादन, कृषि तथा पर्यटन विकासमा ठोस योगदान दिने विश्वास व्यक्त गर्नुभयो। शाहले उद्योग, कृषि र पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

टिकापुरलाई महत्वपूर्ण व्यापारिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित विगत केही वर्षदेखि महोत्सव सञ्चालन हुँदै आएको आयोजक पक्षको भनाइ छ। स्थानीय व्यापार विस्तार, सांस्कृतिक जगेर्ना र सामुदायिक मनोरञ्जनसँगै टिकापुर नगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिलाउने महोत्सवको लक्ष्य रहेको आयोजकले स्पष्ट पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *