कैलाली २८ पुष । सुदुरपश्चिम प्रदेशमा उज्यालो नेपाल पार्टीले सुदूरपश्चिम प्रदेशमा मनाेज जैगडीकाे सभाअध्यक्षमा २७ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ। पुस २८ गते कैलाली जिल्लामा सम्पन्न बैठककाे भेलाबाट सुभाष कुँवरको अध्यक्षतामा सुदूरपश्चिम प्रदेश कमिटी निर्माण गरिएको हो।

उज्यालो नेपाल पार्टीका कैलाली जिल्ला क्षेत्र नं. ३ का केन्द्रीय सदस्य मनोज जैगडीका अनुसार नवगठित कमिटीले प्रदेशस्तरमा पार्टी संगठन विस्तार तथा सुदृढीकरण गर्ने लक्ष्य लिएको छ।
उनले कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टी अब देश र जनताको पक्षमा दृढताका साथ अघि बढ्ने बताउनुभयो।
आगामी निर्वाचनमा नेपाली जनताले विश्वासका साथ पार्टीलाई नेतृत्व पंक्तिमा पुर्याउनुपर्ने जिम्मेवारी रहेको उल्लेख गर्दै सोही जिम्मेवारीको पहलस्वरूप सुदूरपश्चिम प्रदेश कमिटी गठन गरिएको जानकारी दिनुभयो।
प्रदेश कमिटीले आगामी दिनमा संगठन विस्तार, जनसम्पर्क तथा राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।


