image
print sharing button

धनगढी,६ पुष २०८२ गते । सुदुरपश्चिम महाेत्सव २०८२ मंसिर २२ देखी पुस ६ गते सम्म भव्यवताका साथ संचलनमा आएर समापन भएकाे छ । यस महाेत्सवले सुदुरपश्चिमका व्यापार व्यवसायी र कलासंस्कृती, मनाेरंजन तथा राेजगारकाे अवसर सृजना गरेकाे छ । र यस्ता महाेत्सब तथा मेला पर्व आगामी दिनमा हुन पनि जरूरी देखिन्छ ।

यस महाेत्सव संयाेजक पुष्पराज अाेझाले स्थानिय तथा वाह्य तवरबाट आएका अवलकन कर्ताहरू, व्यापारीहरू, दर्शकहरू स्थानिय तथा राष्टियअन्ताराष्टिय कलाकारहरू, सुरक्षाकर्मीहरू लगाएत सम्पुर्ण सहयाेगीदाताहरूलाइ विशेष धन्यबाद दिदै समापन गरेका थिए । र यस महाेत्सवमा भएकाे सम्पुर्ण अार्थिक काराेबारकाे हिसाबकिताबाकाे बारेमा छिट्टै नै पत्रकार सम्मेलन गरेर पारदर्शिक पार्ने भनी जानकारी दिएका थिए ।

आयोजक कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेकाे यस महाेत्सव पुष २ गतेसम्म आयोजना गर्ने भनिएको महोत्सव ४ दिन थपेको थियो । महोत्सवमा उत्साहजनक सहभागिता, दर्शकको बढ्दो चाप तथा सरोकारवालाहरूको मागलाई विशेष मध्यनजर गर्दै ४ दिन थप गरिएको बताएको आयोजकले पुष ६ गते महोत्सवको समापन गरिने जनाकारी छ ।

२०६३ सालदेखि निरन्तर आयोजना हुँदै आएको सुदूरपश्चिम महोत्सवको यो १९औँ संस्करण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *