टिकापुर महोत्सव २०८२ सम्पन्न
टिकापुर ११ माघ । टिकापुर महोत्सव २०८२ माघ ११ गते औपचारिक रूपमा समापन भएको छ। उद्योग वाणिज्य सङ्घ टिकापुरको आयोजनामा सम्पन्न महोत्सव उद्योग वाणिज्य सङ्घका अध्यक्ष सन्तोष खड्काको सभाध्यक्षतामा सम्पन्न भएको हो।
समापन समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय मेघराज खड्का प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा बोल्दै मन्त्री खड्काले टिकापुर महोत्सवले स्थानीय व्यापार, कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो।


पुष २९ गतेदेखि माघ ११ गतेसम्म सञ्चालनमा आएको महोत्सवबाट करिब ७५ लाख रुपैयाँ बराबरको टिकट बिक्री भएको जानकारी उद्योग वाणिज्य सङ्घ टिकापुरले दिएको छ। महोत्सवले स्थानीय उद्योग, व्यवसाय, कृषि उत्पादन, हस्तकला तथा सांस्कृतिक पहिचानलाई उजागर गर्दै टिकापुरको समग्र विकासमा सकारात्मक भूमिका खेलेको आयोजकले जनाएको छ।
महोत्सव अवधिभर विविध सांस्कृतिक कार्यक्रम, व्यापारिक स्टल, मनोरञ्जनात्मक गतिविधि तथा स्थानीय उत्पादनको प्रदर्शनीले दर्शकको उल्लेखनीय सहभागिता जुटाउन सफल भएको उद्योग वाणिज्य सङ्घले बताएको छ।
#election2082#tikalnationalpark#tikapurmahotsab2082 hogbanijayasangh
#टीकापुरहोत्सव२०८२#टीकापुरसमाचार#टीकापुरउधोगबाणिज्यसंघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *